उपचार खर्च नतिरेको भन्दै अस्पतालले नै बिरामी बन्धक बनायो

उपचार खर्च नतिरेको भन्दै अस्पतालले नै बिरामी बन्धक बनायो

  • शनिबार, साउन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

झापा, ११ साउन । झापाको गौरादह ७ फोगटीका दुई महिला विराटनगरको नोबेल मेडिकल कलेजमा अलपत्र छन् । उपचार खर्च तिर्न नसक्दा उनिहरूलाई अस्पतालले जान दिएको छैन।

कल्पनाका पति लीलाबहादुर मोतेले असार २२ मा खुकुरी प्रहार गरेर घाइते भएका उनीहरूलाई इलाका प्रहरी कार्यालय गौरीगञ्जले उपचारका लागि नोबेल अस्पतालमा भर्ना गरिदिएको थियो । उपचारपछि दुबै घर जानसक्ने अवस्थामा भएपनि खर्च नबुझाई निस्कन नपाएपछि अस्पतालमै अलपत्र छन् ।
दुबै जनाको बायाँ हात काटिएकाले प्लाष्टर गरिएको छ । टाउको र पाखुराको चोट क्रमशः निको भएका छन् । चिकित्सकले कल्पनालाई मङ्गलबार र आकृतिलाई बिहीबार डिस्चार्ज गरिदिएपनि उपचार खर्च नबुझाई अस्पतालले निस्कन नदिएको बताए ।
पैसा तिर्न नसकेर घर जान पाएनौं,’ आकृतिले भनिन, दुबै जनाको उपचार खर्च छुट गरेर एक लाख १० हजारको बील छ ।’-kathmandutoday

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ