तेस्रो खेलमा कुवेतलाई हराएसँगै ग्लोबल छनोटमा पुग्ने नेपालकाे सम्भावना बलियो, भोलि आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्ने

तेस्रो खेलमा कुवेतलाई हराएसँगै ग्लोबल छनोटमा पुग्ने नेपालकाे सम्भावना बलियो, भोलि आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्ने

  • शनिबार, साउन ११, २०७६
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौं, ११ साउन । आईसीसी टी–ट्वेन्टी विश्वकप छनोटअन्तर्गतको एसिया फाइनलको तेस्रो खेलमा कुवेतलाई हराउदै नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।

सिंगापुरको ईन्डियन एसोसियसन क्रिकेट मैदानमा कुवेतले दिएको १४२ रनको मध्यम लक्ष्य नेपालले १६ ओभरमा मात्र ३ बिकेट गुमाएर पुरा गर्‍यो । जितसँगै नेपालले ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

अब नेपालले भोलि आयोजक सिंगापुरसँग अन्तिम खेल खेल्नेछ । सिंगापुरलाई पराजित गरे नेपाल शीर्ष स्थानमा रहँदै ग्लोबल छनोटमा पुग्ने छ । नेपालको जितमा कप्तान पारस खड्काले कीर्तिमानी अर्धशतक बनाए ।

ओपनरसमेत रहेका कप्तान पारसले ६८ रनको अर्धशतकीय इनिङ्स खेले । ३२ बलमा अर्धशतक बनाएका पारसले ११ चौका र १ छक्का प्रहार गरे । योसँगै कप्तान पारस टी–ट्वेन्टी अन्तर्राष्ट्रियमा तीन अर्धशतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् ।

यसअघि कप्तान पारसले नेदरल्यान्ड र मलेसियाविरुद्ध अर्धशतक बनाएका थिए । यस्तै शरद भेषवाकरले ३८ रन जोड्दा उपकप्तान ज्ञानेन्द्र मल्लले १९ रन बनाएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

कुवेतका लागि कप्तान मुहमद कासिफले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए । यस्तै आदनन इद्रेसले २५ तथा मोहमद आस्लमले २३ रन बनाए । त्यसबाहेक राभिजा डी सिल्भाले १५ र बिलाल ताहिरले १३ रन जोडे ।

कुवेतलाई सस्तैमा रोक्न स्पिनरद्वय सन्दीप लामिछाने र बसन्त रेग्मीले ३/३ विकेट लिए  । सन्दीपले ४ ओभरमा २१ रन खर्चिए भने बसन्तले २० रन खर्चिए । यस्तै करण केसीले २ तथा अविनाश बोहराले १ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ