नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाईनु गलत: सराेकारवाला

नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाईनु गलत: सराेकारवाला

  • शुक्रबार, साउन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.9K
    SHARES

काठमाडौं, १० साउन । जनअधिकार अभियान नेपालद्वारा आयोजित वर्तमान राजनीतिक परिस्थिति र मानबअधिकार विषयक अन्तर्क्रिया कार्यक्रम आज पोखरामा सम्पन्न भएको छ ।

पत्रकार महासंघ कास्कीको सभाहलमा भएको कार्यक्रममा बिभिन्न बुद्दिजीवी, राजनीतिक कर्मी, मानवअधिकारकर्मी, कानूनबिद, पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बरिष्ठ अधिवक्ता एकराज भण्डारी, मानवअधिकारकर्मी टेकनाथ बराल, बरिष्ठ लेखक तथा विश्लेषक नरेन्द्र जंग पीटर, कानूनविद तथा नेपाली कांग्रेशका प्रभाबशाली नेता यज्ञ बहादुर थापा, राजनीतिकर्मी झलकपाणी तिवारी, कानूनविद तिलक पराजुली , अधिकारकर्मी सन्तोष पराजुली लगायतले आफ्नो धारणा राखेका थिए ।

उक्त कार्यक्रममा बोल्दै बक्ताहरूले नेपालको राजनीतिलाई निकै गम्भीर रुपमा लिइएको साथै सरकार असफलतातिर गहिरहेको र सरकारले फासीवादी कदम चाल्दै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउँदै नक्कली मुठभेडको भन्दै जनहत्या गरेको आरोप लगाएका थिए ।

एउटा राजनीतिक पार्टीलाई प्रतिबन्ध लगाईनु सरकारको गलत कदम रहेको जिकिर समेत गरेका थिए । त्यस्तै सरकार र विप्लव नेतृत्वको नेकपा वार्तामा आउन सरकारले सहजता अपनाउनु पर्ने साथै बार्ताका लागि अनुकूल वातावरण लागू गर्न पर्ने बत्ताहरुको भनाई थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ