पूर्वी नवलपरासीमा अज्ञात समूहद्वारा सरकारी गाडीमा आगजनी

पूर्वी नवलपरासीमा अज्ञात समूहद्वारा सरकारी गाडीमा आगजनी

  • शुक्रबार, साउन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

नवलपरासी, १० साउन ।
पूर्वी नवलपरासीमा एउटा सरकारी नम्बर प्लेटको गाडीमाथि अज्ञात समुहले आगजनी गरेको छ । जिल्ला अदालतका श्रेष्तेदार तारादत्त बडु चढ्दै आएको बा २ झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो ।
कावासोतीको एक घरमा भाडामा बस्दै आएका बडु चढ्ने गाडी पार्किङमा राखिएको अवस्थामै आगजनी भएको प्रहरीले जनाएको छ । आगजनीबाट गाडीको अघिल्लो भागमा क्षति पुगेको छ।
जिल्ला प्रहरीले आगजनी गर्ने समूहको खोजी भइरहेको दाबी गरेको छ। ३ साताअघि कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनिया चढ्दै गरेको गाडीमा पनि आगजनीभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ