ललितपुर, १० साउन ।
ललितपुरमा झारफुक गर्ने बाहनामा १६ वर्षीया किशोरीलाई जबरजस्ती गर्न खोजेको आरोपमा एक झाँक्री पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका १५ वडाको सामपाङ चोकबाट जबरजस्ती गर्न खोजेको आरोपमा ४० वर्षीय झाँक्री सर्बु राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए ।
टाउको र शरीर दुख्ने समस्या देखिएपछि साउन ७ गते झाँक्रीकहाँ पुगेकी किशोरीलाई झारफुट गर्ने बाहनामा जबरजस्ती गर्न खोजेपछि भागेको पिडित किशोरीले बताएको प्रहरीले जनाएको छ ।
घटनाबारे किशोरीले आफ्ना अभिभावकलाई जानकारी दिएपछि उक्त घटना बाहिर आएको हो। झाँक्री राइले प्रहरीसमक्ष आफूले जबरजस्ती गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।
झापा विर्तामोड स्थायी घर भएका ४० वर्षीय झाँक्री राइविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्धा दर्ता भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline