पूर्वमन्त्री चुतुर्भुजप्रसाद सिंहको ८७ वर्षको उमेरमा निधन

पूर्वमन्त्री चुतुर्भुजप्रसाद सिंहको ८७ वर्षको उमेरमा निधन

  • शुक्रबार, साउन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

राजविराज, १० साउन । पञ्चायतकालमा सात वर्ष मन्त्री रहेका चुतुर्भुजप्रसाद सिंहको ८७ वर्षको उमेरमा निधन भएको छ ।
पछिल्लो समय रक्तचापबाट पीडित सिंहको शुक्रबार बिहान राजविराजस्थित निवासमा निधन भएको हो । १५ दिनदेखि खानामा रुची हुन छाडेपछि कमजोर बनेका आज निधन भएको हो ।
उनको शुक्रबार अपरान्ह सप्तकोशी नदीमा दाहसंस्कार गरिने परिवारका सदस्यले जानकारी दिएका छन्। सिंह दर्पनारायण सिंह र कौशल्यादेवी सिंहको कान्छा छोराका रुपमा १९८९ असोज १ गते सप्तरीको रुपनी गाउँपालिका ५ बसबिट्टीमा जन्मेका पूर्वमन्त्री सिंह गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहका काका हुन्। उनका दुई छोरा र एक छोरी छन्।
पञ्चायतकाल स्थापनासँगै राजनीतिमा होमिएका सिंह प्रधानमन्त्री कीर्ति्निधि विष्टको मन्त्री मण्डलमा पहिलो पटक २०२५ साल चैत २५ गते निर्माण, सञ्चार र यातायात मन्त्री बनेका थिए।
त्यसपछि २०३० साल साउन १ गतेदेखि २०३२ मङ्सिर १४ गतेसम्म प्रधानमन्त्री नगेन्द्रप्रसाद रिजालको मन्त्रीमण्डलमा सिंह उद्योग तथा बाणिज्य मन्त्री रहे।पञ्चायतकालको समयमा जनस्तरमा गहिरो राजनीतिक पकड जमाएका कारण उनी २०१७ सालदेखि २०३२ सालसम्म राष्ट्रिय पञ्चायत सदस्यमा निर्वा्चित थिए। सिंह २०३२ सालदेखि २०४६ सालसम्म पञ्चायत नीति तथा जाँचबुझ समितिका सदस्य रहे।
सिंहले २००३ सालमा स्थापना भएको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक बिद्यालयबाट पहिलो व्याचका रुपमा मेट्रिक उत्तिर्ण गरेका थिए। लायन्स क्लब राजविराजका संस्थापक भई अध्यक्षको समेत जिम्मेवारी निर्वाह गरेका सिंह नेपाल रेडक्रस सोसाइटी सप्तरीका अध्यक्ष समेत रहे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ