राजेशको सम्झनामा नेकपाले आज देशभर श्रद्धाञ्जली सभा कार्यक्रम गर्दै

राजेशको सम्झनामा नेकपाले आज देशभर श्रद्धाञ्जली सभा कार्यक्रम गर्दै

  • शुक्रबार, साउन १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

१० श्रावण, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीले आज धनगढीमा सहादत प्राप्त गरेका नेता रामबहादुर सिंह ‘राजेश’को सम्झनामा देशभर श्रद्धाञ्जली सभा कार्यक्रम गर्दै छ ।
गत बिहीबार साँझ कैलालीको धनगढी उप–महानगरपालिका सहिद गेट नजिकै पार्टी कामको शिलशिलामा आत्म सुरक्षाकालागि बोकेको विस्फोटक पदार्थ विस्फोटमा ज्यान गुमाएका राजेशलाई नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिका महान् सहिद घोषणा गरेको थियो ।
तीनै सहिद राजेशप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै सो पार्टीले आज देशभर श्रद्धाञ्जली सभा कार्यक्रम आयोजना गरेको हो ।
पार्टीले यस अगाडि नै विस्फोटमा परी घाइते भएका सर्वसाधारण नागरिकहरुको स्वास्थ्यलाभको कामनासहित परिवारजनप्रति गहिरो सहानुभुति व्यक्त गरेको छ भने घाइतेहरुको उचित उपचारको व्यवस्था पार्टीले गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ । नेकपा केन्द्रीय कार्यालयले देशभर श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गर्न विशेष निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ