नेता शम्भु साहको पहलमा श्री सत्यसाई सेवा संगठन नेपालद्वारा पिडितलाई राहत

नेता शम्भु साहको पहलमा श्री सत्यसाई सेवा संगठन नेपालद्वारा पिडितलाई राहत

  • बिहिबार, साउन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

संजय कुमार सहनी/रौतहट, श्रावण ९ । रौतहटको गौर डुवानमा परेदेखि बाढी पिडितको अवस्था अझ समान्य हुन सकेको छैन । घर बगेका लाई घरको चिन्ता छ, अन्न बगेको लागि अन्नको चिन्ताले सताइरहेको छ । मृत्क र घाईते परिवारको कुरै छौडौ तिनीहरुको दुःखको व्यख्या गर्न नसकिने अवस्था छ ।
गाई वस्तु गोठ नपाएर बिना पाल खुल्ला आकासमा बाधीनु पर्ने बाध्यता छ । सरकार खाली हात आएर गए, धेरै भिआइपी आउछन् जान्छन् । पिडितकोदिनरात आशा र दिलासा सुनेरै कटिरहदा विहीबार भने गौर नगरपालिका वडा नं।३ का पिडितहरुमा खुसी छाएको देखिए । सधै समाजसेवामा रमाउदै आएका मनकारी र दयालु स्वभावका धनी युवा नेता शम्भु साहको पहलमा पिडितले भारी मात्रामा राहत सामग्री पाएपछि पिडितको अनुहारमा खुसी छाएको हो ।
नेकपाका प्रदेश नं।२ का प्रदेश कमिटि सदस्य समेत रहेका नेता साहको विशेष पहलमा श्री सत्यसाई सेवा संगठन नेपाल प्रदेश नं।२ को टिमले सयकडौं पिडित परिवारलाई राहत सामग्री वितरण गरि दुखमा सहारा बन्ने काम गरेको हो । टोलीले वडाम नं।३ स्थित मचकुटिया टोल र चमरटोली९दलित बस्ती० गरी १२० परिवारले मात्रामा राहत वितरण गरेको संस्थाका अध्यक्ष सुरेश सिंहले बताए । प्रति परिवार २० किलो चामल, ५ किलो चिउरा, ३ किलो चना, १ लिटर खाने तेल र १ प्याकेट नुुन पनि हस्तानान्तरण गरिएको अध्यक्ष सिंहले जानकारी दिए ।
युवा नेता साहले श्री सत्यसाई सेवा संगठन नेपालले नगरपालिकामा हाल सम्म कै उत्कृष्ट राहत वितरण गरेकामा अभार व्यक्त गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ