भूमिसम्बन्धी ऐनः जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँटमा सहमति जुट्यो

भूमिसम्बन्धी ऐनः जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँटमा सहमति जुट्यो

  • बिहिबार, साउन ९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाडौं, साउन ९ ।
भूमिसम्बन्धी ऐनमा जग्गाधनी र मोहीबीच जग्गा बाँडफाँट गर्नुपर्ने भए दुवै पक्षबीच नरम–करम मिलाइ जग्गा बाँडफाँट गरी मोही लगत कट्टा गर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधिसभा अन्तर्गत्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा भूमिसम्बन्धी आठौं संशोधन विधेयकमाथिको दफावार छलफलकाक्रममा मोही लगत कट्टा गर्ने व्यवस्थामा सहमति जुटेको हो । मोही र जग्गाधनीबीच जग्गा बाँडफाँट गर्दा निजी गुठीको हकमा जग्गाधनीको पुर्जामामात्र निजी गुठी जनाइदिनुपर्ने व्यवस्था गरिएको छ ।

यस्तै, जग्गाको मूल्य निर्धारणका लागि प्रत्येक जिल्लामा सात सदस्यीय मूल्य निर्धारण समिति बन्ने भएको छ ।

उक्त समितिमा जिल्लाको भूमिसुधार अधिकारी अर्थात् मालपोत अधिकारी संयोजक, जग्गा रहेको स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला प्रशासन कार्यालयको अधिकृतस्तरका कर्मचारी, आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि, नापी कार्यालयका प्रमुख, सम्बन्धित वडाको वडाध्यक्ष सदस्य र कार्यालयको वरिष्ठ कर्मचारी सदस्यसचिव रहनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी