सागको लोगो बनाउने वरिष्ठ चित्रकार सुरेन्द्र श्रेष्ठको निधन

सागको लोगो बनाउने वरिष्ठ चित्रकार सुरेन्द्र श्रेष्ठको निधन

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

काठमाडौं, ८ साउन । आठौं दक्षिण एसियाली खेलकुद सागको लोगो बनाउने वरिष्ठ चित्रकार सुरेन्द्र श्रेष्ठको निधन भएको छ ।

कलेजो लगायतका रोगबाट पीडित श्रेष्ठको उपचारको क्रममा बुधबार काठमाडौंको भेनस अस्पतालमा निधन भएको हो । इलाम जिल्ला मंगलबारे घर भएका श्रेष्ठ लामो समयदेखि काठमाडौंमा बस्दै आएका थिए । श्रेष्ठका आमा बुवा नर कुमार श्रेष्ठ पार्वती देवी श्रेष्ठ र छोरा रोमन श्रेष्ठ रहेका छन् ।

उनको बुधबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले बताएको छ । कुशल चित्रकार श्रेष्ठले नेपालले २५ सेप्टेम्बरबाट ४ अक्टाेबर १९९९ आयोजना गरेको आठौंं सागको लोगो बनाएका थिए । कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री भएका बेलामा सम्पन्न उक्त सागमा नेपाली खेलाडीले अहिलेसम्मकै सबैभन्दा बढी पदक बटुलेका थिए । नेपालले ३२ स्वर्ण १० रजत र २४ कास्य सहित ६६ पदक जित्दै दाेश्राे स्थान हासिल गरेकाे थियाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ