काठमाडौं ८ साउन ।
नेपाल कम्युनिष्ट पार्टी तनहुँ जिल्ला समीतिले गिरफतारमा परेका आफना दुई नेता कार्यकर्ता को रिहाईको माग गरेको छ ।
पार्टीका तनहुँ जिल्ला इन्चार्ज पूर्णजीत पुन र सेक्रेटरी आनन्दले बुधवार विज्ञप्ति जारी गर्दै पार्टिका सदस्य तथा युवा संगठन, नेपालका तनहुँ जिल्ला अध्यक्ष नेत्र थपा र युवा संगठन, नेपालकै जिल्ला सचिव दृष्टिको गिरफतारी प्रति आपत्ति जनाउदै तत्तका विनासर्त रिहाईको माग गर्नुभएको हो ।
नेता दुईलाई दमौली बजारबाट मंगलवार विना कारण गिरफ्तार गरेकोप्रति घोर भत्र्सना र निन्दा गर्दै विना सर्त स–सम्मान रिहा गर्न आग्रह गर्नुभएको हो । साथै उहाँले दुई तिहाइ बहुमतको कम्युनिस्ट सरकार लगातार फासिवादी अभ्यासमा लम्कीरहेको बताउनु भएको छ ।
मुलुकको समस्या साधानका लागी आफनो पार्टीलागेको बेला सरकारले आफनो पार्टीमाथि प्रतिबन्ध लगाएर गलत गरेको विज्ञप्तीमा जनाईएको छ । साथै विज्ञप्ती मार्फत आफनो पाटीका कार्यकर्ता माथिको अनावस्यक धरपकड र गिरफतारीलाई तत्काल बन्द नगरे त्यसको परिणाम गम्भीर हुने चेतावनी पनि दिईएको छ ।
सर्वसाधारणलाई पनि प्राकृतिक सम्पदाको दोहन गर्ने, गुण्डागर्दी गर्ने, दलाली गर्ने, भ्रष्टाचार गर्ने, कमिसन खाने तथा माफियाहरु र लुटतन्त्र मच्चाउनेहरुको दास नबन्न र संरक्षण नगर्न आग्रह गरिएको छ ।
