लमजुङको दोर्दीखोलामा बाढीः चारजनाको शव भेटियो, दर्जनौं बेपत्ता

लमजुङको दोर्दीखोलामा बाढीः चारजनाको शव भेटियो, दर्जनौं बेपत्ता

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

बेसीसहर, साउन ८ । लमजुङको दोर्दीखोलामा बुधबार दिउँसो अचानक आएको बाढीले बगाउँदा चारजनाको मृत्यु भएको छ । दर्जनौं बेपत्ता छन् ।

दोर्दी गाउँपालिकाको शेरापुलनजिकै दुईजना र कीर्तिपुरबेसीमा दुईजनाको शव फेलापरेको दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले बताए । उनीहरुको पहिचान खुलेको छैन ।

मनास्लु हिमाल काखबाट बगेको दोर्दीमा मुहान वरपर पहिरो गएका कारण बाढी आएको स्थानीयले बताएका छन् । दोर्दी गाउँपालिका वडा नम्बर–६, ताँजेमा रहेको ५४ मेगावाट क्षमताको सुप्पर दोर्दी जलविद्युत् आयोजनाको टनेलमा बाढी फस्दा तीनजना बेपत्ता भएका छन् ।

टनेलभित्र बाढी पसेपछि फसेका १७ मजदुरमध्ये १४ जनाको सकुशल उद्धार गरिएको आयोजनाका प्रवर्द्धक केशव रायमाझीले बताए । उनकाअनुसार हराइरहेका तीन मजदुरको खोजी भइरहेको छ ।

बाढीले वितन्डा मच्चाएपछि सदरमुकामबाट प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, डीएसपी रविन्द्रमान गुरुङ, प्रहरी निरीक्षक वसन्त पाण्डेसहितको टोली घटनास्थलतर्फ जाँदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ