इन्टरनेशनल च्याम्पियन्स कपः पेनाल्टी सुटआउटमा रियल विजयी

इन्टरनेशनल च्याम्पियन्स कपः पेनाल्टी सुटआउटमा रियल विजयी

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, साउन ८ ।
प्री सिजन अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा भएको खेलमा रियल मड्रिडले आर्सनललाई ट्राइब्रेकरमा पराजित गरेको छ । आज बिहान भएको खेलमा रियलले आर्सनललाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले हराएको हो ।

खेलको निर्धा्रित समय २–२ गोलको बराबरी भएपछि ट्राइब्रेकरमा गएको खेलमा रियलले बाजी मारेको हो । खेलको पहिलो हाफमा २–० ले पछि परेको रियललाई ग्यारेथ बेल र मार्को एसेन्सियोले जोगाएका थिए ।

खेलको नवौं मिनेटमा नाचो फर्नान्डेज दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि रियल १० खेलाडीमा सिमित बनेको थियो । दशौं मिनेटमा एलेक्सजेन्डर लाकाजेट्स र २४ औं मिनेटमा पेरिक एम्रिक आबुमियाङले गोल गर्दै आर्सनललाई २–० को अग्रता दिलाएका थिए ।

खेलको ४० औं मिनेटमा आर्सनलका सोक्रेट्स दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि आर्सनल पनि १० खेलाडीमा समेटियो । दोस्रो हाफमा मैदान छिरेका बेलले ५७ औं मिनेटमा एक गोल गर्दै रियललाई खेलमा फर्काउने कोशिश गरे ।

त्यसपछि एसेन्सियोले ५९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । नतिजासंगै प्रि–सिजन टूरमा आर्सनलको जितको श्रृङ्खलामा पूर्ण्विराम लागेको छ । उसले पछिल्ला तीन खेलमा स्पष्ट जित निकालेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ