बाढीले बगाएर ल्याएको काठको लोभले बबई नदीमा दुई जना बेपत्ता

बाढीले बगाएर ल्याएको काठको लोभले बबई नदीमा दुई जना बेपत्ता

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

बर्दिया, साउन ८ ।
बर्दियामा हिजो देखिको लगातारको वर्षाका कारण आएको बाढीले बगाएर ल्याएको काठ लिन जाँदा बबई नदीले तीन जनालाई बगाएको छ । बाढीले बगाएका तीन जनामध्ये एक जनाको उद्धार गरिएको छ भने दुई जना बेपत्ता छन् ।

राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बाढी आएको बेला दाउरा लिन तथा माछा मार्न नजान अपील पनि गरेको छ । अविरल वर्षाले बर्दियाको बासगढी नगरपालिका—३ खल्ला बस्तीका ४० घर डुबानमा परेका छन् । डुबानले मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

वर्षाका कारण बर्दियाबाट बग्ने बबई नदीमा जलस्तर बढ्दै गएकाले तटीय क्षेत्रका बासिन्दा बाढीको जोखिममा परेका छन् । स्थानीय प्रशासनले बबई नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सर्तकता अपनाउन आव्हान गरेको छ ।

दाङमा पानी नरोकिएकोले बबईमा जलस्तर बढ्दै जाने खतरा बढेको प्रजिअ रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । यस्तै अविरल वर्षाका कारण दाङका देउखुरीका केही भूभाग डुबानामा परेका छन् । राप्ती गाउँपालिकाको लठ्वा, पहरुवा, सिगै लगायतका गाउँ डुबानमा परेका छन् । स्थानीय दोलही खोलामा आएको बाढीका कारण ती गाउँ डुबानमा परेका हुन् ।

उता धनकुटा नगरपालिका वडा नम्बर ८ डाँडाटोलमा एकै परिवारका ३ बालबालिकालाई तमोर नदीले बगाएको ४ दिन हुँदा समेत अवस्था पत्ता लाग्न सकेको छैन । ९ वर्षिय सन्दीप राई र उनका बहिनीहरु ७ वर्षकी सलिना र ४ वर्षकी सञ्जीलालाई गत आइतबार साँझ तमोर नदीले बगाएको थियो ।

स्कुलबाट फर्किएर बाबुआमासँगै खेतमा पुगेका उनीहरुलाई एक पछि अर्को गर्दै तमोरले बगाएको थियो । जनप्रतिनिधि र प्रहरी प्रशासनको वेवास्थाका कारण आफ्ना तीनै जना सन्तानको अवस्था पत्ता लाग्न नसकेको बुवा शंख राईले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी