मलेसियाद्वारा नेपाललाई  ८४ रनको लक्ष्य

मलेसियाद्वारा नेपाललाई  ८४ रनको लक्ष्य

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

 

काठमाडौं, साउन ८ । आइसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा बुधबार नेपालले मलेसियाबाट ८४ रनको लक्ष्य पाएको छ ।

सिंगापुरमा जारी प्रतियोगितामा बुधबार वर्षाका कारण नेपाल र मलेसियाबीचको खेल ९ ओभरमा छोट्याइएको छ । पहिलो खेलमा पराजित भएको नेपाल आज जित्नै पर्ने दबाबमा छ ।

टस जितेर फिल्डिङ रोजेको नेपालले निर्धारित ९ ओभरमा मलेसियालाई ८३ रनमा रोकेको हो । यस क्रममा मलेसियाले सात विकेट गुमाएको थियो ।

मलेसियाका लागि सैयद अजिजले सर्वाधिक ३० रन बनाए । त्यस्तै विरानदीप सिंहले २१ रन बनाए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने बसन्त रेग्मीले दुई तथा सन्दीप लामिछाने र करन केसीले एक÷एक विकेट लिए । केहिवेरमा नेपालमा जवाफि व्याटिङ गर्दैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ