फेरी सक्रिय भयाे मनसुनी वर्षाः देशका बिभिन्न स्थानमा वर्षा, दर्जनाै बस्ती जाेखिममा

फेरी सक्रिय भयाे मनसुनी वर्षाः देशका बिभिन्न स्थानमा वर्षा, दर्जनाै बस्ती जाेखिममा

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, ८ साउन । मनसुनी न्यून चापीय रेखा तराई क्षेत्र नजिकै रहेकाले वर्षा पुनः सक्रिय भएको छ । देशभर मनसुनी वर्षा पुनः सक्रिय देखिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि मुलुकका केही ठाउँमा भारी वर्षा भइरहेको छ । बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पश्चिमी दाङसहितका केही स्थानमा गएरातिदेखि नै भारी वर्षा भइरहेको छ । जसले गर्दा पश्चिम राप्ती र बबई नदीमा जल सतह बढ्दो क्रममा रहेको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । जल सतह बढ्ने क्रममा रहेकाले नदी तटीय क्षेत्रमा सावधानी अपनाउन केन्द्रले आग्रह गरेको छ ।

यस्तै मकवानपुरमा रातिदेखि भीषण वर्षा भएको छ । वर्षाले मकवानपुरका कतिपय सडक अबरुद्ध पारेको छ ।हेटौंडा पदमपोखरी सडकको डाइभर्सन बगाएपछि पदमपोखरी तथा मनहरि गाउँपालिकाका कतिपय वडाको हेटौँडा आवतजावत बन्द भएको छ । त्यस्तै हेटौंडाको कर्राखोलामा आएको बाढीले एक भारतीय गाडी बगाएको प्रहरीले जनाएको छ ।

शिवम् सिमेन्टको कच्चा पदार्थ पु¥याएर फर्कने क्रममा गाडीलाई खोलाले बगाएको हो । गाडीका चालक तथा सहचालक भने सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसैबीच, पुन मनसुन सुरू भएपछि राैतहटकाे बाढी प्रभावित क्षेत्रका जनता चिन्तित बनेका छन् । असार अन्तिम साता बाग्मती र लालबकैया नदीमा आएको बाढीले बगाएको तटबन्ध मर्मत नहुँदा रौतहटका दर्जनौं बस्तीका नागरिक समस्यामा छन् । थप बर्षा हुनथालेपछि स्थानीय चिन्तामा छन् ।

जिल्लाका दुई ठूला नदी बाग्मती र लालबकैयामा आएको बाढीले भत्काएको तटबन्ध अहिलेसम्म मर्मत नहुँदा सदरमुकाम गौरसहित करिब आधा दर्जन स्थानीय तहका दर्जनौं गाउँ बाढीको जोखिममा छन्। गत असार २७ गते बाग्मती र लालबकैया नदीमा आएको बाढी विभिन्न ११ स्थानमा तटबन्ध भत्काएर बस्तीमा पसेको थियो। बाढीमा डुबेर १६ जनाको ज्यान गएको थियो। बेपत्ता दुईजना अवस्था अझै पत्ता लागेको छैन। बाढीले करिब ७० हजार घर प्रभावित भएको बाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाको कार्यालयले जनाएको छ।

गढीमाई नगरपालिका वडा नम्बर ३ लक्ष्मीपुरमा एक सय मिटर र राजदेवी नगरपालिकाको ब्रह्मपुरीनजिक करिब ६० मिटर तटबन्ध भत्काएपछि जोखिम निकै बढेको छ। गढीमाई, माधवनारायण र गौर नगरपालिकाका साथै दुर्गा भगवती गाउँपालिकाका हजारौं नागरिक तटबन्ध मर्मत नहुँदा बाढीको जोखिममा रहेको दुर्गा भगवती गाउँपालिकाका प्रमुख अरुणकुमार साहले बताए।

बाढीले लालबकैया नदीको कटहरियामा २ सय ५५ मिटर, देवाहीमा एक सय ३५ मिटर, बुनियादमा ३३ मिटर, लक्ष्मीनियामा ४० मिटर, करुनियामा ४५ मिटर, राजपुरमा ५५ मिटर र लग्मिपुरमा ४५ मिटर बाँध भत्काएको बाग्मती र लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवले बताए।

बाग्मती र लालबकैया नदीमा बाढी घटे पनि किनारको जमिन कटान तीव्र बनेको छ। बाग्मती नदीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरीलगायतका स्थानमा कटान गरिरहेको छ। नदीले खेतीयोग्य जमिन कटान गरेको सम्बन्धित स्थानीय तहका प्रमुखले बताएका छन्। ब्रह्मपुरीका समाजसेवी नविन सिंहका अनुसार बाग्मती नदीमा पानीको सतह घटेपछि खेतीयोग्य जमिन कटान गरेर करिब सय मिटर तटबन्ध नै कटान गरेको बताए। राजदेवी नगरपालिकाको सहयोगमा नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा कटान नियन्त्रणको काम भइरहेको उनले जानकारी दिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ