आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपः आज नेपालले मलेसियासँग खेल्दै

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपः आज नेपालले मलेसियासँग खेल्दै

  • बुधबार, साउन ८, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.9K
    SHARES

काठमाडौं, ८ साउन । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगितामा आज नेपालले मलेसियासँग खेल्दैछ । पहिलो खेलमा हिजो कतारसँग पराजित नेपालको यो दोस्रो खेल हो । आजको खेल जित्दै नेपाल प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा छ ।

सिंगापुरमा जारी प्रतियोगिताका लागि नेपालले दुई हप्ता मलेसियामा अभ्यास गरेको थियो । सो क्रममा मलेसियासँग खेलेका दुई खेलको टि–ट्वेन्टी श्रृंखला नेपालले जितेको थियो । त्यसैले पनि आजको खेलका लागि नेपाली टोलीको मनोबल उच्च छ ।

हिजोको खेलमा भने नेपाललाई कतारले ४ विकेटले पाखा लगायो । नेपालले दिएको १ सय २३ रनको सामान्य लक्ष्य कतारले खेलमा ४ बल बाँकी छँदा ६ विकेट गुमाएर पुरा गर्‍यो । कतारको जितमा ईनाम उल–हकले सर्वाधिक ४१ रन जोडे । नेपालका सन्दिप लामिछानेले ३ विकेट लिए । प्रतियोगितामा नेपाल र कतारसहित आयोजक सिंगापुर, मलेसिया र कुवेत सहभागी छन् । प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

आगामी अक्टोबर र नोभेम्बरमा युएईमा हुने ग्लोबल छनोटमा विश्वका विभिन्न १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यी १४ मध्ये शीर्ष ६ टोली सन् २०२० मा अस्ट्रेलियामा हुने विश्वकप टि–ट्वेन्टी क्रिकेटका लागि छानिनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ