ब्रिगेड ब्वाईज दोस्रो पटक च्याम्पियन

ब्रिगेड ब्वाईज दोस्रो पटक च्याम्पियन

  • आइतवार, साउन ५, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, ५ साउन ।
ब्रिगेड ब्वाईज क्लबले चौंथो संस्करणको ललित स्मृति कप अण्डर–१८ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आज भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ब्रिगेड च्याम्पियन बनेको हो ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ब्रिगेडलाई जित दिलाउन बृजेश चौधरीले निर्णायक गोल गरे । योसंगै ब्रिगेडले लगातार दोस्रो पटक उपाधि जितेको छ । उपाधिसँगै ब्रिगेडले ३ लाख नगद प्राप्त गरेको छ । उपविजेता बनेको पुलिसले १ लाख ५० हजारमा चित्त बुझायो ।

एन्फाको पूर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता आयोजना गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ