ललित स्मृति कप यू–१८ च्याम्पियनसिपको उपाधि भिडन्त भोलि

ललित स्मृति कप यू–१८ च्याम्पियनसिपको उपाधि भिडन्त भोलि

  • शनिबार, साउन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं साउन ४ ।
चौंथोे ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि भिडन्त भोलि हुँदैछ । ललितपुरको सातदोबाटोमा हुने फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल अपरान्ह ३ बजे सुरु पछि हुनेछ ।

एन्फा कम्प्लेक्सको मैदानमा दुवै टोलीको लक्ष्य उपाधि चुम्नु हुनेछ । ब्रिगेड ब्वाइज साबिकको विजेता हो । पुलिस भने पहिलो पटक फाइनल प्रवेश गरेको हो । ब्रिगेड लगातार दोस्रो पटक च्याम्पियन बन्न चाहन्छ । पुलिस पहिलो पटक उपाधि जित्ने योजनामा हुनेछ ।

फाइनल अघि दुवै टिमले उपाधिका लागि खेल्ने बताएका छन् । दुवै टोलीलाई उत्कृष्ट युवा खेलाडीको साथ छ । प्रतियोगितामा ब्रिगेडका बृजेश चोधरी र पुलिसका सन्जु सेन सर्वा्धिक गोलकर्ता हुन् । दुवैले समान ७र७ गोल गरेका छन् ।

यस्तै ब्रिगेडका रोशन राना मगरले ६ गोल गरेका छन् । त्यसैले फाइनल खेल रोमान्चक हुने अनिमान गरिएको छ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ