मैत्रीपूर्ण खेलमा डर्टमण्डले लिभरपुललाई ३–२ ले हरायो

मैत्रीपूर्ण खेलमा डर्टमण्डले लिभरपुललाई ३–२ ले हरायो

  • शनिबार, साउन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, साउन ४
प्रि–सिजन टूर अन्तर्गत भएको मैत्रीपूर्ण खेलमा लिभरपुल पराजित भएको छ । नयाँ सिजनको तयारीमा रहेको युरोपेली च्याम्पियन लिभरपुल अमेरिकाको इन्डियानामा आज विहान भएको मैत्रीपूर्ण खेलमा जर्मन क्लब बोरसिया डर्टमण्डसँग ३–२ गोलअन्तरले पराजित भएको हो ।

लिभरपुलले खेल सुरु भएको तेस्रो मिनेटमै गोल खाएको थियो । जियो रेइनाको पासमा पाको अल्कासरले गोल गरेका थिए । ३५ औंँ मिनेटमा फाबिनोको पासमा ह्यारी विल्सनले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले बराबरी गरेको थियो ।

तर, दोस्रो हाफमा ५ मिनेटको अन्तरमा २ गोल खाएपछि लिभरपुल खेलमा फर्कन सकेन । ५३ औंँ मिनेटमा थोमस डेलानी र ज्याकोव ब्रुन लार्सेनले ५८ औं मिनेटमा गोल गरी डर्टमण्डलाई ३–१ को अग्रता दिलाए ।

प्रशिक्षक क्लोपले ६० औं मिनेटमा गोलरक्षकबाहेक १० खेलाडी परिवर्तन गरी खेलमा फर्काउने प्रयास गरे पनि सफल भएनन् । डिभोक ओरिगीलाई प्रतिस्थापन गरेका रेहिन ब्रेस्टरले ७५ औं मिनेटमा पेनाल्टीमार्फत एक गोल गरे पनि लिभरपुलले खेलमा आफ्नो पराजय टार्न सकेन ।

यसअघि दुई ओटा मैत्रीपूर्ण खेलमा इंग्लिस टोलीविरुद्ध फराकिलो जित हासिल गरेको लिभरपुलले अमरिका भ्रमणलगत्तै पहिलो पराजय भोगेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ