सर्लाहीमा दुईजनाको मृत्यु

सर्लाहीमा दुईजनाको मृत्यु

  • शनिबार, साउन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

सर्लाही, साउन ४ ।
सर्लाहीमा भएका बेग्लाबेग्लै घटनामा दुईजनाको मृत्यु भएको छ । एकजनाको करेन्ट लागेर र अर्कोको पोखरीमा डुबेर मृत्यु भएको हो ।

आज बिहान हरिवन नगरपालिका–११, बजारस्थित लेथ मेसिनमा काम गर्ने लालबन्दी नगरपालिका–१० का ३५ वर्षीय काजिमान बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको हो ।

त्यस्तै, मलंगवा नगरपालिका–१२, गम्हरिया निवासी राजनारायण महतोका ११ वर्षीय छोरा पवन महतोको पोखरीमा डुबेर मृत्यु भएको छ । दुवै शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ