नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुरको अध्यक्षमा तमखु

नेवा पत्रकार राष्ट्रिय दबु भक्तपुरको अध्यक्षमा तमखु

  • शनिबार, साउन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

भक्तपुर,साउन ४ । नेवा पत्रकार राष्ट्रिय दबु जिल्ला शाखा भक्तपुरको अध्यक्षमा रामगोपाल तमुखु सर्व सम्मतले चयन भएका छन् । भक्तपुरमा आज भएको तेस्रो अधिवेशनबाट तमुखुको अध्यक्षतामा ९ कार्यसमितिले चयन भएको हो ।

उपाध्यक्षमा सुरेश श्रेष्ठ, सचिवमा देवेन्द्र प्रजापति, कोषाध्यक्षमा चन्द्रकृष्ण श्रेष्ठ र सदस्यमा रिता दुवाल, प्रकाश मल्ल, राजन गारु, ऋषिकेश श्रेष्ठ र सिमान्त शिल्पकार चयन भएका छन् ।

त्यस्तै पार्षदमा बाबुकाजी श्रेष्ठ, रत्नकृष्ण श्रेष्ठ, पूर्ण भक्त दुवाल, राजाराम नापित र कृष्ण किसी चयन भएका छन् ।

सभाको उद्घाटन गर्दै केन्द्रिय अध्यक्ष श्रीकृष्ण श्रेष्ठले सरकारले ल्याएको मिडिया बिधेयक सरोकारवालाहरुसँगको बिना छलफल र समन्वयको आधार ल्याउन खोज्दा बिरोध भएको बताए । उनले संविधान नै मिडिया सम्वन्धी गलत व्याख्या गरेको बताउँदै उक्त ऐन नै खारेजी गर्नुपर्ने बताए ।

उनले भने नेवारी समुदायको कला संस्कृति र सम्पादाको जीवन्तता र प्रर्वदनका लागि दबुले रचनात्मक भूमिका खेल्न सक्नु पर्ने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ