वर्षाको पानीलाई सङ्कलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने

वर्षाको पानीलाई सङ्कलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने

  • शनिबार, साउन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, साउन ४ ।
आगामी साउन ११ र १२ गते काठमाडौँमा वर्षाको पानीलाई सङ्कलन र व्यवस्थापनसम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ ।

वर्षाको पानीलाई सङ्कलन र व्यवस्थापन गरी घरायसी आवश्यकता पूरा गर्ने, पानीका कारण उत्पन्न हुने पहिरो र बाढीजस्ता प्राकृतिक प्रकोपलाई पनि न्यूनीकरण गर्न सरोकारवाला निकायलाई जागरुक बनाउने उद्देश्यले राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग र स्मार्ट बास सोलुसनको संयुक्त आयोजना, खानेपानीको क्षेत्रमा कार्यरत विभिन्न सरकारी एवं गैरसरकारी सङ्घसंस्थाको सहयोगमा सम्मेलन हुन लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सम्मेलनमा भारत, बङ्गलादेश, श्रीलङ्का, दक्षिण कोरियाबाट समेत खानेपानीमा काम गर्ने विज्ञ आउने भएका छन् ।

सम्मेलनमा सरकारी नीति, खानेपानी व्यवस्थापन उद्यमशीलता, नवप्रवर्तन र प्रविधि, वर्षात्को पानी सङ्कलनबाट जलाधार तथा परिस्थितीय चक्र इकोसिस्टम, आकाशे पानी सङ्कलन प्रवद्र्धनमा स्थानीय निकायको भूमिका र वित्तीय सहयोग, पानीको अभाव, जलवायु परिवर्तन र अनुकूलनजस्ता २५ वटा कार्यपत्र प्रस्तुत हुने आयोजकका सदस्य रामदीप शाहले जानकारी गराए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ