रौतहटमा दुुई बालिकाको डुुबेर मृत्युु

रौतहटमा दुुई बालिकाको डुुबेर मृत्युु

नदीमा डुुबेर अहिलेसम्म १७ जनाले ज्यान गुमाए, एकजना अझै बेपत्ता

  • शनिबार, साउन ४, २०७६
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

सन्जय सहनी/रौतहट,साउन ४ ।

रौतहटको लालबकैया नदीमा दुुई बालिकाको डुुबेर मृत्युु भएको छ । रौतहटमा यस संगै डुुबेर मर्नेको संख्या १७ पुुगेको छ भने एकजना अझै बेपता बेपता रहेको छ ।

देवाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका रामानन्द साहको छोरी बर्ष ८ की निरुता कुमारी र सोही ठाँउका रामनरेश साहका ९ बर्षीया छोरी पिंकी कुमारीको लालबकैया नदीमा डुुबेर मृत्युु भएको छ ।

घर बाट बाख्रा चराउन गएकी दुुबैबालिकालाई गर्मी लागेर नजिकै रहेको लालबकैया नदीमा नुहाउने क्रममा शनिवार बिहान ११ बजे डुुबेर मृत्युु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी नविक कार्कीले बताए । मृतक दुुबै बालिकाको शव पोष्टमार्टमको लागी जिल्ला अस्पताल गौर लगिएको प्रहरीले जनाएको छ ।

यसअघि रौतहट स्थित बाढी तथा नदीको पानीमा डुुबेर १५ जनाको मृत्युु भएको तथा एकजना बेपता रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ