बाढी पीडितलाई राहत र पुर्नस्थापनाको लागि गम्भीर छौ: राउत

बाढी पीडितलाई राहत र पुर्नस्थापनाको लागि गम्भीर छौ: राउत

  • बिहिबार, साउन २, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

संजय कुमार सहनी/रौतहट, श्रावण २ ।
प्रदेश नं।२ को मुख्यमन्त्री लालबाबु राउतले बाढी पिडित प्रकोपलाई रोक्न दिर्घकालीन सोचका साथ अघि बढनुपर्ने बताएका छन् । रौतहटको सदरमुकाम गौर स्थित जिल्ला प्रशासन कार्यालय रौतहटमा पिडितहरुलाई राहत वितरण गर्दै राउतले वर्षेनी बाढीबाट आउने समस्याको ठोस सामाधानको लागि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार एक भएर प्रभावकारी नितिका साथ अघि बढ्नु पर्ने बताए ।
मुख्यमन्त्री राउतले लालबकैया र बागमती नदीको तटबन्धहरु जिर्ण रहेकोले रौतहट बासीले ठूलो समस्या झेलिरहेको बताउदै दुबै नदिको तटबन्ध निर्माण र व्यस्थित गर्न प्राधिकरण गठन गरी अघि बढ्नुपर्ने कुरामा जोड दिए ।
राउतले बाढीमा मृत्यु भएका गौर नगरपालिका वडा नं।३ का शिवमंगल पटेलका धर्मपत्नीलाई नेपाल सरकारको तर्फबाट १ लाख रुपैया खाधान्नय, त्रिपाल,झुल र खानेकुरा हतानान्तरण गर्दै प्रदेश सरकारले मृतक परिवारलाई थप ३ लाख रुपैया राहत स्वरुप प्रदान गर्ने घोषणा गरे । सयकडौ बाढी पीडितको उपस्थितिलाई समंबोधन गर्दै राउतले बाढी प्रभावित जिल्ला रौतहटमा आफूले तत्काल राहत स्वरुप १० लाख रुपैया पठाएको जानकारी गराउदै वास्तविक पीडितलाई राहत स्वरुप खानेकुरा, झुल, पाल सहित औषधी उपचारमा कुनै कसर बाँकी नराख्न प्रमुख जिल्ला अधिकारी किरण थापालाई निर्देशन समेत दिए ।


उहाँले उपस्थित सम्पूर्ण पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय मार्फत राहत लिन आग्रह गर्दै विस्थापितहरुको पुर्नस्थापनाको लागि केन्द्र सरकार सम्म पहल भईरहेको बताए । कार्यक्रम मै उपस्थित रहेका गौर नगरपालिकाका मेयर अजय गुप्ताले नपाबाट मृतक परिवारलाई थप १ लाख २५ हजार राहत स्वरुप प्रदान गरिने बताए । यस संगै गौर नगरपालिकाका मृतक परिवारले संघिय सरकारको १ लाख, प्रदेशको ३ लाख र नगरको तर्फबाट १ लाख २५ हजार गरी ५ लाख २५ हजार पाउने भएका छन् । कार्यक्रममा प्रदेश सरकारका कानून मन्त्री ज्ञानेन्द्र यादव, कृषि तथा राज्य सहकारी मन्त्री योगेन्द्र यादव, भौतिक पूर्वाधार तथा यातायात राज्य मन्त्री डिम्पल झा, विकास समितिका सभापति एवं प्रदेश सांसद
अब्दुल कलाम अजाद, सांसद नागेन्द्र यादव, कुन्दन कुशवाहा, जिल्ला सभापति रामएकवाल यादव र उपसभापति रामवशिष्ट यादव, देवाही गोनाही नगरपालिकाका मेयर धमेन्द्र पटेल, गरुडा नगरपालिकाका मेयर ईनु राय यादव, गौर नगरपालिकाकी उपमेयर किरण ठाकुर सहित सयकडौको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ