काठमाडौं १ साउन ।
नेपालको पुरुष बेसबल टिम श्रीलंकामा जारी १४ औं बीएफए वेष्ट एसिया कप बेसबलबाट बाहिरिएको छ ।
कोलम्बोमा आज भएको खेलमा भारतसँग ८–० ले पराजित हुँदै नेपाल समूह चरणबाट बाहिरिएको हो । यसअघि मंगलबार भएको खेलमा नेपाल साविकको विजेता श्रीलंकासँग १३–० ले पराजित भएको थियो ।
नेपाललाई पराजित गरेसँगै भारत भने सेमिफाइनलमा प्रवेश गरेको छ । श्रीलंका भने यसअघि नै सेमिफाइनल पुगिसकेको छ । नेपाल सन् २०१७ मा पाकिस्तानमा भएको यसै प्रतियोगितामा भने सेमिफाइनलसम्म पुगेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline