काठमाडौं १ साउन ।
थाइल्यान्डमा जारी एसियन इन्डोर हक्कीमा नेपालको महिला टिमले पहिलो जित निकालेको छ । थाइल्यान्डको चोन्बुरी आज फिलिपिन्सलाई ३–२ गोल अन्तरले हराउदै नेपालले पहिलो जित निकालेको हो ।
बलियो फिलिपिन्सविरुद्ध नेपालले निकै उत्कृष्ट प्रदर्शन गरेको थियो । नेपालको जितमा देविका विकले दुई र निलिमा पाण्डेले एक गोल गरिन् । समूह ’ए’ मा रहेको नेपाल यसअघि साविकको विजेता काजकिस्तानसँग ८–० र उज्बेकिस्तानसँग ९–० गोल अन्तरले पराजित भएको थियो ।
यस्तै पुरुषतर्फको पहिलो खेलमा नेपाल काजकिस्तानसँग १२–१ गोल अन्तरले पराजित भएको थियो । नेपालका रोमन रानाले एक गोल गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline