आज साउने सङ्क्रान्ति

आज साउने सङ्क्रान्ति

  • बुधबार, साउन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौं, साउन १ ।
आज साउने संक्रान्ति पर्व मुलुकभर मनाईदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर कर्कट रेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भन्ने गरिन्छ ।

कृषि प्रधान देशमा मानो रोपी मुरी उब्जाउने भन्ने कथन अनुसार असार महिनाभर गरेको खेतीपातीको कामबाट थकित किसानले हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी मिठा व्यञ्जन खाने चलन छ ।

असारे हिलोका कारण फैलिन सक्ने रोगबाट जोगिन आजको दिनलाई लुतो फाल्ने दिनका रुपमा समेत लिने चलन छ । कुरिलो, पानीसरो लगायतका औषधीय वनस्पतिहरु बालेर ताप्ने र बेलुकी घरको आँगनबाट चारै दिशामा अगुल्टो बाली प्रतिकात्मक रुपमा लुतो फयाँक्ने गरिन्छ ।

लुतो फ्याँक्दा नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढिकी कुट्ने र एकछिन घरको ढोका बन्द गर्ने चलन छ । यसैबीच विभिन्न शिवालयमा आजबाट धार्मिक अनुष्ठान शुरु भएको छ ।

साउन महिनाभर शिवको पूजा आराधना गर्ने परम्परा छ । भक्तालुले विशेषगरी साउने सोमवार ब्रत बस्ने र शिव मन्दिरमा पुजाआजा गर्ने गर्दछन् । पशुपतिनाथ, भक्तपुरको डोलेश्वर महादेवलगायत विभिन्न शिवालयमा आजबाट मेला शुरु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ