भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टमको विरोधमा देशभरका व्यवसायी आन्दोलनमा, नेपालगन्ज बन्द

भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टमको विरोधमा देशभरका व्यवसायी आन्दोलनमा, नेपालगन्ज बन्द

  • बुधबार, साउन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

१ साउन, बारा । ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’को विरोधमा यातायात व्यवसायीले मालवाहक सवारी साधन थन्काएर आन्दोलन सुरु गरेका छन् ।

राजस्व विभागले चुहावट रोक्नका लागि आजदेखि कार्यान्वयनमा ल्याएको मालवाहक सवारी साधनमा ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’को विरोध गर्दै मालवाहक सवारी साधन थन्काएर देशभरका व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

त्यसैगरी ढुवानी भाडामा भ्याट प्रभावकारी नरहेको भन्दै व्यवसायीले सरकारलाई दवाव दिन सवारी साधन थन्क्याएर देशभर सामान ओसार पसार ठप्प पारेका छन् ।

आर्थिक अपराध र सामान तस्करी रोकिने बहानामा मालवाहकप्रति राजस्व थोपर्ने, प्राविधिक झमेलामा पार्ने काम सरकारले गरेको भन्दै यातायात तथा ढुवानी व्यवसायी एवं मजदुर संघर्ष समिति आन्दोलनमा उत्रिएको हो ।

देशभरका १५ जना यातायात अगुवा ब्यवसायीहरु मिलेर बनाएको संघर्ष समितिले सरकारसँग ६ बुँदे माग राखेको छ ।

उता, सरकारले लागू गरेको ‘भेहिकल एन्ड कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम’को विरोधमा व्यवसायीहरुले नेपालगन्ज बन्द गरेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा आज नेपालगन्ज बजार बन्द आव्हान गरिएको हो ।

सरकारले लागू गरेको नयाँ नीति, नियम, ऐन, कानुन ‘उपभोक्तादेखि व्यापारी’सम्म अव्यवहारिक रहेकाले खारेजी हुनुपर्ने माग संघले गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ