काभ्रे साउन १ ।
काभ्रेको धुलिखेल नगरपालिका–१ देवीटारमा गएराति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासू माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ ।
इप्रका बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपाको शिर मेमोरियल अस्पतालमा आज विहान १ बजे मृत्यु भएको हो ।
मादक पदार्थ सेवन गरेकी सासूसँग झगडा गरी हत्या गरेकी २४ वर्षीया बुहारी सुन्तलीलाई घटनालगत्तै पक्राउ गरी बनेपा इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।
सुन्तलीले ससुरा र श्रीमानकै अगाडि कपाल समातेर घरको पक्की भित्तामा पटक–पटक टाउको ठोक्काइ सासूको हत्या गरिएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।