विश्वकप फुटबलको दोस्रो चरणको छनोटको ड्र आज, नेपालसहित एसियाका ४० टोली सहभागी हुने

विश्वकप फुटबलको दोस्रो चरणको छनोटको ड्र आज, नेपालसहित एसियाका ४० टोली सहभागी हुने

  • बुधबार, साउन १, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं श्रावण १ ।
कतारमा सन् २०२२ मा हुने विश्वकप फुटबलको दोस्रो चरणको छनोटको ड्र आज हुँदैछ । मलेसियाको क्वालालाम्पुरमा नेपाली समयानुसार दिउँसो पोनै ३ बजे छनोटको ड्र सुरु हुने एसियाली फुटबल महासंघ एएफसीले जनाएको छ ।

दोस्रो चरणको छनोटमा नेपालसहित एसियाका ४० टोली सहभागी हुनेछन् । ती टोलीलाई ५ पटमा विभाजन गरिएको छ । ड्रबाट उनीहरुलाई विभिन्न ८ समुहमा विभाजन गरिनेछ ।

फिफाको वरियता अनुसार पटको विभाजन गरिएको हो । ५ पटका एक–एक राष्ट्र गरी ८ वटा समुहको निर्माण हुनेछ । दोस्रो चरणको छनोट खेलहरु सेप्टेम्बर ५ देखि जुन ९ सम्म हुनेछन् ।

होम एण्ड अवेका आधारमा चल्ने छनोटबाट समुहको शीर्ष स्थानमा रहने ८ र उत्कृष्ट ४ उपविजेता तेस्रो चरणको छनोटमा पुग्नेछन् । यी १२ टोलीले सन् २०२३ मा हुने एसियन कपमा पनि स्थान सुरक्षित गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ