आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी पुरस्कृत

आठौं राष्ट्रिय खेलकुदका पदक विजेता खेलाडी पुरस्कृत

  • मङ्लबार, असार ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमाडौं ३० असार ।
आठौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता एवं राष्ट्रिय कीर्तिमान बनाउन सफल खेलाडीहरु आज पुरस्कृत भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगिता सकिएको ३ महिनापछि पूर्वघोषित नगद पुरस्कार वितरण गरेको हो ।

गत चैत २७ देखि बैशाख ११ सम्म नेपालगञ्ज, बर्दिया, दाङ, बुटवल लगायत प्रदेश ५ का विभिन्न शहरमा भएको आठौं राष्ट्रिय खेलकुदमा ३ सय ३२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

एकल र टिम गेम्सतर्फका कुल ६ सय ९६ जना खेलाडीलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राखेपका सदस्य सचिव रमेश सिलवाललगायतले पुरस्कार वितरण गरेका हुन ।

एकल खेलतर्फका स्वर्ण पदक विजेतालाई जनही १५ हजार रुपैंया तथा टिम गेम्सतर्फका विजेतालाई जनही ७ हजार रुपैयाँ पुरस्कार दिईएको हो ।

यसैगरी आठौं खेलकुदमा नयाँ राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीहरुलाई प्रति कीर्तिमान २५ हजार रुपैयाको दरले पुरस्कृत गरिएको छ । आठौं राष्ट्रिय खेलकुदमा कुल २६ वटा कीर्तिमान बनेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ