काठमाडौं असार ३१ ।
देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ । गृह मन्त्रालयको पछिल्लो जानकारी अनुसार विपद्का कारण ३१ जिल्ला बढी प्रभावित भएका छन् ।
विपद्बाट सिर्जित समस्याले हालसम्म ३१ जना बेपत्ता छन् भने ३८ जना घाइते भएका छन् । १६ हजार ५ सय २० घरपरिवार अस्थायी रुपमा विस्थापित भएका छन् । हालसम्म हवाई, जल तथा स्थलमार्गको माध्यमबाट ३ हजार ३ सय ६६ जनालाई उद्धार गरिएको छ ।
उद्घार तथा राहतको कामलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहका निकाय क्रियाशील रहेको गृह मन्त्रालयले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline