प्रदेश २ मा पानीजन्य संक्रमणको उच्च जोखिम, महामारीको संक्रमण बढ्न सक्ने

प्रदेश २ मा पानीजन्य संक्रमणको उच्च जोखिम, महामारीको संक्रमण बढ्न सक्ने

  • मङ्लबार, असार ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं असार ३१ ।
प्रदेश २ का चार जिल्ला पानीजन्य संक्रमणको उच्च जोखिममा रहेको चिकित्सककले बताएका छन् । केही दिनदेखि लगातार परेको वर्षासंगै आएको बाढीका कारण बढी प्रभावित रौतहट, सप्तरी, महोत्तरी र सर्लाहीमा महामारीको जोखिम रहेको स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका प्रमुख चुडामणि भण्डारीले बताउनुभयो ।

खाने, बस्ने सबै ठाउँमा पानी जमेकाले घरपालुवा जनावर र मान्छे एकै स्थानमा बस्नुपर्ने अवस्थाका कारण पनि महामारीको संक्रमण बढ्न सक्ने उहाँको भनाई छ । सोही अवस्थालाई मध्यनजर गर्दै केन्द्रले चिकित्सक सहितको थप दुई टोली त्यसतर्फ पठाएको जनाएको छ ।

प्रदेश र स्थानीय तहको समन्वयमा पठाइएको टोलीले अवस्था हेरेर उपचारमा सहयोग गर्ने केन्द्रका प्रमुख भण्डारीले जानकारी दिनुभयो । यसैबीच बाढीपछि तराईका जिल्लाहरुमा सर्पदंशका घटनाहरु बढ्न थालेका छन् ।

सर्पदंशबाट बच्न आफु बस्ने ठाउ वरिपरि सफा राख्न समेत चिकित्सकले सुझाएका छन् । सर्पले डसेपछि तुरुन्त नजिकको स्वास्थ्य चौकी, अस्पताल जान पनि उनीहरुले आग्रह गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ