व्यापारीलाई धम्की दिँदै रकम असुल्ने राजेन्द्र लामा पक्राउ

व्यापारीलाई धम्की दिँदै रकम असुल्ने राजेन्द्र लामा पक्राउ

  • मङ्लबार, असार ३१, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं असार ३१ ।
व्यापारीलाई धम्की दिँदै रकम असुल्ने ‘निमा’ भन्ने राजेन्द्र लामा कोटेश्वरको शुभकामना मार्गबाट पक्राउ परेका छन् । काभ्रेको साविक भिमखोरीका स्थायी बासिन्दा लामालाई आज बिहान पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग कोटेश्वरका इञ्चार्ज एवमं प्रहरी निरीक्षक एलिजा गिरीले जानकारी दिुनभयो ।

आवश्यक कारबाहीका लागि उनलाई महानगरीय प्रहरी वृत्तमा बानेश्वरमा पठाइनेछ । उनले कोटेश्वर क्षेत्रका व्यापारीहरुबाट मासिक रुपमा रकम उठाउने र नदिए मार्ने धम्कीसमेत दिने गरेको प्रहरीको भनाइ छ । पछिल्लो समय ६÷७ जनाको समूहमा आएर एक जना व्यापारीलाई धम्की दिएको उजुरी कोटेश्वर प्रहरीमा परेको थियो ।

लामाले सिनामंगलमा कपडा पसल खोले पनि महिनावारी रकम उठाउने कार्यलाई निरन्तरता दिइरहेको प्रहरीको भनाइ छ । उनलाई २०७४ फागुनमा दरबारमार्गबाट पनि प्रहरीले पक्राउ गरेको थियो ।

उता चितवनमा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुन रहेका छन् ।

उनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति उनलाई पक्रेको हो ।

बरामद चरेससहित खातुनलाई इलाका प्रहरी कार्यालय टाँडी चितवनमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ