काठमाडौं असार ३१ ।
नेपालको क्रिकेट विवाद समाधानका लागि अन्तराष्ट्रिय त्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटीले प्रदेशगत साधारण सभाको प्रक्रिया अघि बढाएको छ ।
त्यसका लागि कमिटिले पहिलो चरणमा प्रदेश एक, गण्डकी र सुदुरपश्चिम प्रदेशको साधारण सभाको मिति तय गरेको छ ।
जसअन्तरगत सुदुरपश्चिममा साउन ११, गण्डकी प्रदेशमा साउन १८ र प्रदेश एकमा साउन २५ गते साधारण सभाको मिति तय गरेको स्वतन्त्र कमिटि सदस्य रुईस थापाले जानकारी दिनुभयो ।
बाँकी ३ वटा प्रदेशको साधारणसभा पनि केही दिन पछि तय हुने उहाँले बताउनुभयो । ६ नम्बर प्रदेशबाट सुर्खेतले मात्र सदस्यता पाएकाले उसले प्रदेश ५ को साधारण सभामा सहभागीता जनाउने छ ।
निर्वाचन गर्नुपर्ने १९ मध्ये १६ जिल्लाको निर्वाचन सम्पन्न भईसकेको र काठमाण्डौ, बाँके र पर्साको निर्वाचन केहिदिनमै सकेर अन्य प्रदेशको साधारण सभा गर्ने तयारी कमिटिको छ । प्रदेश साधारणसभाबाट केन्द्रिय प्रतिनिधिको चयन हुनेछ ।
नेपाल क्रिकेट संघका ३९ जिल्ला कमिटी मध्ये आईसीसीले यसअघि नै सम्पन्न भएका २० जिल्लाको निर्वाचन सदर गरेको थियो भने १९ जिल्लामा पुन निर्वाचन गर्न भनेको थियो ।
१९ मध्ये १२ जिल्लामा नयाँ अनुसार निर्वाचन प्रक्रिया भएको हो भने ७ जिल्लामा पुरानै बिधान अनुसार निर्वाचन भएको हो ।
बिहिबार लण्डनमा बस्ने आईसीसीको साधारण सभाबाट नेपाल क्रिकेट संघको बिषयमा कुनै न कुनै निर्णयको अपेक्षा गरेको कमिटिले त्यसअघि नै प्रदेश साधारण सभाको मिति तय गरी आईसीसीलाई सकारात्मक सन्देश पठाएको हो ।