पहिरोले मैलुङ–स्याफ्रु सडक अवरुद्ध, वर्षा अवधिभर सञ्चालनमा नआउने

पहिरोले मैलुङ–स्याफ्रु सडक अवरुद्ध, वर्षा अवधिभर सञ्चालनमा नआउने

  • सोमवार, असार ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

रसुवा, असार ३० ।
रसुवागढी नाका जोड्ने छोटो दूरीको मैलुङ–स्याफ्रु सडक वर्षा अवधिभर सञ्चालनमा नआउने भएको छ । अविरल वर्षाको कारण सडक खण्डको धेरै स्थानमा पहिरो गएर सडक अवरुद्ध भएको हो । वर्षाको समयमा पहिरो जाने तथा ढु्ङ्गा खस्ने भएका कारण सडक सञ्चालन नगरिने भएको बताइएको छ ।

प्राविधिक रूपमा जोखिम भएकाले वर्षा सिजन सकिएपछि मात्रै सडक सञ्चालन गर्न सकिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडकमा यात्रा गर्न जोखिम भएको र वैकल्पिक सडक पनि भएका कारण मैलुङ–स्याफ्रु सडक तत्काल सञ्चालनमा नल्याइने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

२०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।

वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्न परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ