देह व्यापारको आरोपमा सात जना पक्राउ

देह व्यापारको आरोपमा सात जना पक्राउ

  • सोमवार, असार ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

धनगढी ३० असार ।
विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताउनु भएको छ ।

होटलमा देहव्यापार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । शनिबार राति उनीहरुलाई पक्राउ गरिएकामा प्रहरीले आज मात्र उक्त घटना सार्वजनिक गरेको हो ।

यसैबीच कैलालीको लम्कीचुहा नगरपालिका ७ बाहुनपुर गाउँको चोरी खोलामा सडेगलेको अवस्थामा हिजो एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४०÷४५ उमेरको मृतक व्यक्तिको पहिचान हुन नसकेको र शव टीकापुर अस्पतालको शवगृहमा राखिएको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ