ललित स्मृति कप यू–१८ च्याम्पियनसिपः दुई पटकको च्याम्पियन आर्मी बाहिरियो

ललित स्मृति कप यू–१८ च्याम्पियनसिपः दुई पटकको च्याम्पियन आर्मी बाहिरियो

  • सोमवार, असार ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

काठमाडौं ३० असार ।
दुई पटकको च्याम्पियन त्रिभुवन आर्मी क्लब राजधानीमा जारी ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।

सातदोबाटोमा आज भएको क्वाटरफाइनलमा जावलाखेल युथ क्लबसँग सडन डेथमा ४–३ गोल अन्तरले पराजित हुँदै आर्मी प्रतियोगिताबाट बाहिरिएको हो । जावलाखेल भने सेमिफाइनलमा पुगेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलको निर्धा्रित समय गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पनि खेल ३–३ गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

सडन डेथमा जावलाखेलका राम गुरुङले विजयी गोल गरे । सडन डेथमा आर्मीका आशिष आले गोल गर्न चुकेका थिए । पेनाल्टीमा जावलाखेलका लागी राम गुरुङ, आशिष शाही,धिरज पुन मगर र अक्ष प्रधानले गोल गरे । सुरज गुरो र साचु गुरुङको प्रहार भने आर्मीका गोलकिपर विशाल सुनारले बचाए ।

आर्मीका बिनय चौधरी, शिव बोटे र विशाल सुनारले गोल गर्दा निशान गुरुङ, बिश्रान्त बस्नेत र अनिश आलेले गोल गर्न सकेनन् ।
एन्फाका पुर्व उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको स्मृतिमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गर्ने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ