महिला फुटबल टिमको बन्द प्रशिक्षण अर्को साताबाट

महिला फुटबल टिमको बन्द प्रशिक्षण अर्को साताबाट

  • सोमवार, असार ३०, २०७६
  • मिर्मिरे अनलाइन

  • 11.8K
    SHARES

काठमाडौं असार ३० ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि अर्को साताबाट नेपाली राष्ट्रिय महिला फुटबल टिमको बन्द प्रशिक्षण सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सागका लागि नेपाली महिला टोलीको बन्द प्रशिक्षण साउन ५ गतेबाट हुने जनाएको छ ।
राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले सागका लागि नेपाली टोलीको बन्द प्रशिक्षण साउन ५ गतेबाट एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने जानकारी गराए । यस्तै प्रशिक्षक खड्काले प्रारम्भिक चरणमा ४० महिला खेलाडीलाई बोलाउने जानकारी गराए ।

नेपालमा आयोजना हुने साग खेलकुद आगामी डिसेम्बरमा काठमाडौंमा हुनेछ । जसका लागि नेपालले तयारी सुरु गर्न लागेको हो । म्यानमारमा भएको ओलम्पिक छनोटको दोस्रो चरण खेलेपछि नेपाली टिम प्रशिक्षण विहिन अवस्थामा छ । त्यसयता नेपाली टिमले कुनै प्रतियोगिता खेलेको छैन ।

एन्फाले केही हप्ता अघि मात्र उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिता आयोजना गरेको थियो । सोही प्रतियोगितामा राम्रो प्रर्दशन गर्ने खेलाडीलाई समावेश गरेर सागको प्रशिक्षण थाल्ने प्रशिक्षक खड्काले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ