बाढीले रौतहटको जनजीवन कष्टकर

बाढीले रौतहटको जनजीवन कष्टकर

  • आइतवार, असार २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

राैतहट, २९ असार ।

रौतहट जिल्लामा बाढीको कारण जनजीवन कष्टकर बनेको छ । केही दिनदेखि परेको अविरल वर्षाको कारण आएको बाढीले जनजीवन प्रभावित भएको हो ।

लाल बकैया र बागमती नदीमा आएको बाढीले गाउँमा पानी प्रवेश गरेपछि अवस्था दयनीय भएको छ । गौर आसपासका क्षेत्रहरु अहिले पनि जलमग्न रहेको छ । बाढीको कारण बाटो अवरुद्ध भएको छ । प्रभावितहरु अग्लो र सुख्खा ठाउँमा शरण लिएका छन् । बाढी पीडितहरु राहत पाएको छैन । वर्षा र बाढीले घरहरु क्षतिग्रस्त भएका छन् ।

पानीको सतह कम भएपछि राहत पुर्याउने प्रयास स्थानीय सरकारले शुरू गरेको बुझिएको छ । बाढीबाट रौतहटमा अहिलेसम्म ५ जनाको मृत्यु भएको छ भने १ जना अझ बेपता छन् ।

मृत्यु हुनेहरुमा गौर नगरपालिका वडा नम्बर ३ का ४० वर्षीय शिवमंगल पटेल, उमेश राउत, यमुनामाई गाउँपालिकाका गायत्री देवी, ईशनाथ नगरपालिकाका हरेन्द्र राय तथा दुर्गाभगवती गाउँपालिकाका वीरेन्द्र झा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नविन कार्कीले बताएका छन् ।

बेपता भएका गढीमाई नगरपालिकाका आनन्दी देवीको खोजी कार्य जारी रहेको छ । बाढीले रौतहटमा ठूलो क्षति पुर्याएपनि यथार्थ विवरण आउन बाँकी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ