मलेसियालाई ६ रनले हराउँदै नेपालले जित्यो सिरिज

मलेसियालाई ६ रनले हराउँदै नेपालले जित्यो सिरिज

  • आइतवार, असार २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, असार २९ ।
दोस्रो टी २० मा मलेसियालाई ६ रनले हराउँदै नेपालले सिरिज जितेको छ । किनरारा ओभलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

उसको सुरुवात भने राम्रो थियो । ओपनर भिरनदीप सिंह र शेयद अजिजले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए । अजिजले ५० रन बनाउँदा सिंह २३ रनमा आउट भएका हुन् । यो साझेदारी टुटेपछि भने मलेसिया दबावमा आयो ।

नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले २(२ विकेट लिए भने करण केसी, अभिनाश बोहोरा र पारस खड्काले १(१ विकेट हात पारे ।

यसअघि टस जितेर व्याटिङ थालेको नेपालले विनोद भण्डारीको अर्धशतकको मद्दतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको थियो ।

नेपालको सुरुवात औसत रहृयो । ओपनरद्वय पारस खड्का र पवन सर्राफले ३४ रनको साझेदारी गरे । पवन मात्र १० रनमा आउट भए । त्यसपछि नेपालले ज्ञानेन्द्र मल्ल र पारसको विकेट गुमायो । मल्ल ७ र खड्का २३ रनमा आउट भए ।

रोहितकुमार पौडेल र शरद भेषावकरले चौथो विकेटका लागि ४६ रनको साझेदारी गरे । रोहित १९ र शरद ४० रनमा आउट भए ।

छैटौं नम्बरमा आएका विनोद भण्डारीले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए । उनले २५ बलमा तीन चौका र पाँच छक्काको मद्दतमा ५१ रन बनाए । करण केसीले १६ रन जोडे ।

टी(ट्वान्टी सिरिजअन्तर्गत मलेसियाविरुद्ध शनिबार भएको पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ