रोल्पाको गाउँगाउँमा सर्च अप्रेसन !

रोल्पाको गाउँगाउँमा सर्च अप्रेसन !

  • आइतवार, असार २९, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, २९ असार । सरकारले नेपाल कम्युनिस्ट पार्टीका नेताकार्यकर्ता खोज्न भन्दै रोल्पामा सर्च अप्रेसनलाई व्यापक बनाएको बताइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका राप्ती ब्युरो इन्चार्ज सुवासको घर भावाङदेखि लिएर युवा, विद्यार्थी संगठनका जिल्ला अध्यक्षहरुको घरलगायत रोल्पा परिवर्तन गाउँपालिकाको राङकोटक गाउँमासमेत लगातार प्रहरीले ३ दिन खानतलासी गरेर स्थानीयहरुलाई त्रसित बनाएको बुझिएको छ ।

त्यस्तै गंगादेव गाउँपालिका लगायत रोल्पा जिल्लाका विभिन्न ठाउँका गाउँगाउँमा नेकपाका स्थानीय नेताकार्यकर्ताहरूको घरघरमा र गंगादेव गाउँपालिकाकै पाखापानीमा शिक्षकहरुलाई सोधपुछ गर्न विद्यालयमासमेत सर्च अप्रेसन गरेर विद्यार्थी र जनतामा आतंक सिर्जना गरिरहेको बताइएको छ ।

यसरी रोल्पा जिल्लाका विभिन्न गाउँगाउँमा, घरघरमा हतियारसहित सर्च अप्रेसन गर्दा रोल्पाका जनताहरु फेरि पनि राज्यले युद्ध थोपर्न लागेको त होइन भन्ने शंका गर्न थालिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ