महोत्तरीकाे पूर्व-पश्चिम राजमार्गको पुल बाढीले बगायाे

महोत्तरीकाे पूर्व-पश्चिम राजमार्गको पुल बाढीले बगायाे

  • शनिबार, असार २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

महोत्तरी, २८ असार । बिहिवारदेखि लगातार परेकाे पानीले महोत्तरीकाे पूर्व-पश्चिम राजमार्गको पुल बगाएको छ। पुल बगाएपछि यातायात अवरुद्ध भएको छ। बाढीको कटान र डुबानले ४० हजार परिवारका दुई लाख स्थानीय प्रभावित भएका छन्।

पूृर्व-पश्चिम महेन्द्र राजमार्ग अन्र्तगत महोत्तरीको बर्दिबासस्थित भप्सी पुल बाढीले बगाएको हो। राजमार्गबाट यातायात ओहोरदोहोर ठप्प छ। पुलको बीच भाग बाढीले बगाउँदा राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी निशान थापाले बताए।

शनिबार बिहानबाट मात्रै वैकल्पिक मार्ग तयार भएको छ। बर्दिबास-औरही-गौशाला-माइस्थान जोड्दै वैकल्पिक सडक निर्माण भएको छ। बाढीले राजमार्गको १० मिटर पुल बगाउँदा ३४ किलोमिटर बाटाे लम्बिएको छ। ६ घण्टासम्म राजमार्ग अवरुद्ध हुँदा सयौं सवारीसाधन र हजारौं यात्रु अलपत्र परेका थिए।

रातु खोलाको बाढीले महोत्तरी र धनुषालाई जोड्ने झुलुङ्गे पुलमा पनि क्षति पुर्‍याएको छ। बर्दिबासको गौरीडाँडा र धनुषाको तुलसीलाई जोड्ने झुलुङ्गे पुलमा रातुखोलाको बाढीले क्षति पुर्याएको हो। पिलर बगाउँदा पुलमा क्षति पुगेको स्थानीय दिपेशकुमार सिंहले बताए। जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा सीडीओ उमेशकुमार ढकालको अध्यक्षको बैठकले महोत्तरीका चलिस हजार घरपरिवार बाढीले प्रभावित भएको निष्कर्ष निकालेको छ। बाढीको भेलले महोत्तरीमा १५  स्थानीय तहमध्ये १० स्थानीय तह पूर्णरुपमा जगमग्न छन्। प्रारम्भिक तथ्यांक अनुसार, जिल्लाभरीमा चालिस हजार घरपरिवार बाढीको भेलले प्रभावित भएका हुन्।

महोत्तरीको सदरमुकाम जलेश्वरमा पाँच पिट पानी जमेको जिल्ला  प्रहरी कार्यालय महोत्तरीका एसपी श्याम अधिकारीले बताएका छन् ।

उता, महोत्तरीलाई राजमार्गसँग जोड्ने मुख्य सडक सम्पर्क बिच्छेद भएको छ। बाढीले बाटो कटान गर्दा बर्दिबास-औरही-जलेश्वर, जनकपुर-जलेश्वर-भिठ्ठामोड, बर्दिबास-रौजा-जलेश्वर अबरुद्ध छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ