प्रदेश २ मा बाढीः मृतक परिवारलाई तीन लाख दिने निर्णय, उद्धार र राहतमा जुट्न आह्वान

प्रदेश २ मा बाढीः मृतक परिवारलाई तीन लाख दिने निर्णय, उद्धार र राहतमा जुट्न आह्वान

  • शनिबार, असार २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

जनकपुर, २८ असार ।
प्रदेश २ को सरकारले बाढीमा परी ज्यान गुमाउने मृतकका परिवारलाई क्षतिपूर्ति स्वरुप तीन लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।

मुख्यमन्त्री निवास, मधेश भवनमा आज बसेको मन्त्रिपरिषद्को आपत्कालिन बैठकले राहत उपलब्ध गराउने निर्णय गरेको हो ।

तीन दिनदेखि भइरहेको अविरल वर्षाको कारण प्रदेश २ का जिल्लाहरुमा कटान, डुबानसंगै मानवीय क्षति हुन थालेपछि राहत स्वरुप उक्त निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिनुभयो । बैठकले बाढीमा फसेका तथा जोखिममा परेका सर्वसाधारणको उद्धारका लागि सबै निकायका सुरक्षाकर्मीलाई परिचालन गर्न संघीय सरकारसँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

यसैबीच समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले छुट्टाछुट्टै प्रेस विज्ञप्ती जारी गर्दै बाढीको कारण ज्यान जोखिममा परेकाहरुलाई उद्धारका लागि मातहतका सबै नेता तथा कार्यकर्ताहरुलाई आह्वान गर्नुभएको छ । समाजवादी पार्टीका प्रदेश २ अध्यक्ष विजयकुमार यादव तथा राजपा अध्यक्ष मण्डलका संयोजक अनिल झाले विज्ञप्ती जारी गरी पीडितलाई धैर्यधारणगरी सजगता अपनाउन तथा पार्टी कार्यकर्तालाई सहयोग, उद्धार तथा राहत कार्यमा जुट्न आह्वान गर्नुभएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ