एजेन्सी असार २७ ।
विश्वका सर्वा्धिक कमाई गर्ने सेलिब्रेटीको सूचीको शीर्ष १० मा फुटबलका ३ खेलाडी अटाएका छन् । फोर्ब्सले सार्वजनिक गरेको सूचीमा फुटबलबाट लियोनल मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमार अटाएका छन् । मेस्सी सूचीको चौंथो स्थानमा रहेका छन् ।
यस्तै पोर्चुगल तथा युभेन्ट्सका स्टार रोनाल्डो छैटौं र पीएसजीका ब्राजिलियन स्टार नेयमार सातौं स्थानमा रहेका छन् ।मेस्सीको कमाई १२७ मिलियन पाउण्ड रहेको छ । यस्तै रोनाल्डोको १०९ र नेयमारको १०५ मिलियन रहेको फोर्ब्सले जनाएको छ ।
विश्वमा सर्वा्धिक कमाई गर्ने सेलिब्रेटीको शिर्ष स्थानमा गायिका टेलर स्विफ्ट रहेकी छिन् । उनको कमाई १८५ मिलियन रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline