फिफा वरियतामा नेपालको दुई स्थान सुधार

फिफा वरियतामा नेपालको दुई स्थान सुधार

  • शुक्रबार, असार २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, असार २७ ।
फुटबलको सर्वोच्च निकाय फिफाको महिला वरियतामा नेपालले दुई स्थान सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले दुई स्थान सुधार गरेको हो ।

नयाँ वरियतामा नेपाल १०१ औं स्थानमा रहेको छ । अघिल्लो महिना नेपाल १०३ औं स्थानमा रहेको थियो । अघिल्लो महिना नेपालले पाँच स्थान सुधार गरेको थियो । एसियाको वरियतामा नेपाल २१ औं स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाको वरियतामा नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल अघि भारत ५७ औं स्थानमा रहेको छ ।
दक्षिण एसियामा बंगलादेश १३० औं, श्रीलंका १३६ औं, माल्दिभ्स १३९ औं र भुटान १५४ औं स्थानमा रहेको छ ।

नयाँ वरियतामा विश्व विजेता अमेरिका शीर्ष स्थानमा रहेको छ । यस्तै जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौंथो र इंग्ल्यान्ड पाँचौ स्थानमा रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ