पहिरोका कारण इलामका बिभिन्न ठाउँमा क्षती(फोटोफिचर)

पहिरोका कारण इलामका बिभिन्न ठाउँमा क्षती(फोटोफिचर)

  • शुक्रबार, असार २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 22.2K
    SHARES

इलाम, २७ असार ।
अविरल बर्षा पछिको पहिरोका कारण इलामका बिभिन्न ठाउँमा क्षती भएको छ । शुक्रबार वर्षाका कारण इलाम नगरपालिका ४ मा ७ वटा बाटोमा पहिरोले क्षती पुर्याएको छ ।

भित्तेको गिरिगाउँ ठूलो पहिरोको जोखिममा परेको वडा नम्बर ४ का वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिनु भयो । यसै गरी अमर मावि टोलमा गगा माया दियाली र मिना गजमेरको घर पहिरोको खतरामा परेको छ । यस्तै फिक्कल नयाँबजार सडक पहिरोले अवरुद्ध भएको छ ।

बर्षाकै कारण आज पनि दर्जनौ बिद्युत पोलको क्षती भएको छ । नेपाल बिद्युत प्राधिकरण इलाम बितरण केन्द्रको नव निर्मित भवन पहिरोको जोखीममा परेको छ ।

यस्तै इलाम कारागार छेउ, बालन गाउँ इनपा ७ नारायणस्थान , बरबोटे फिक्कल छिपिटार लगायतका स्थानमा दजनौ बिद्युत पोलमा पहिराले क्षति गरेको बिद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रविनबावु घिमिरेले जानकारी दिनु भयो ।

उहाँका अनुसार इलामको तिल्केनी सव स्टेशनमा बिहान परेको चटयाङले क्षती गरेको छ । सव स्टेशनको ट्रान्सफर्मरमा क्षती भए पछि नयाँ ट्रान्सफर्मर लिन इनरुवा पठाईएको कार्यालयले जनाएको छ । अन्य क्षेत्रमा पनि पहिरोले क्षती गरेको छ । सबै ठाउँको क्ष्ँतीको विवरण प्राप्त हुन वाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी