विषादी परीक्षण केन्द्र निरिक्षणपछि कृषिमन्त्रीले भने- भारतले पठाएको पत्र मैले नै प्रधानमन्त्रीलाई दिएको हुँ

विषादी परीक्षण केन्द्र निरिक्षणपछि कृषिमन्त्रीले भने- भारतले पठाएको पत्र मैले नै प्रधानमन्त्रीलाई दिएको हुँ

  • शुक्रबार, असार २७, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

काठमाडौं, २७ असार ।

कृषिमन्त्री चक्रपाणी खनालले कालिमाटीस्थित तरकारी तथा विषादी परीक्षण केन्द्रको निरिक्षण गर्नुभएको छ । उहाँले आज बिहानै काठमाडौं कालीमाटीस्थित विषादी अवशेष द्रुत विश्लेषण एकाईको अनुगमन गर्नुभएको हो ।

सो क्रममा मन्त्री खनालले पछिल्लो समय सतहमा आएको विषादी बहसले सचेतना जगाएको बताउनुभयो । विषादीबारे अहिले आ–आफ्नै ढङ्गले बहस भइरहेको यसले सचेतनाको पक्षलाई जोड दिएको उहाँको भनाई थियो ।

नेपाल सँग नभएको प्रविधि नेपालले ल्याउनु पर्ने भन्ने कुरा समेत सरकारको जिम्मेवार निकायमा पुगेको भन्दै त्यसका लागि सरकारले कदम चाल्ने समेत मन्त्री खनालले बताउनु भयो ।

भन्सार विन्दूस्थित क्वारेन्टाइनमा परीक्षण गर्न सकिने विषादीको दुईवटा समूह कार्बोनेट र अर्गानोफस्फेट मात्रै जाँच भएपनि ती समूहभित्रै अधिकांश विषादी अटाउने मन्त्री खनालको भनाइ छ ।

अर्को प्रशंगमा मन्त्री खनालले भारतीय दूतावासले विषादी परीक्षणबारे नेपाल सरकारलाई पठाएको पत्र आफूले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको बताउनु भयो ।

विषादीका बारेमा चर्चा हुँदा आफू बाहिर भएको भन्दै खनालले आफू आइसकेपछि मन्त्रालयमा आएको पत्र प्रधानमन्त्रीलाई आफंैले जानकारी गराएको बताउनु भयो ।

उहाँले परराष्ट्र मन्त्रालयलाई लेखिएको पत्र आपूर्ति मन्त्रालय र कृषि मन्त्रालयलाई बोधार्थसहित पठाएको तर भारतीय दूतावासले पठाएको पत्रको प्रकृयाबारे भने बुझ्न आवश्यक रहेको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी