विमलाको शंकास्पद मृत्युबारे छानविन समिति गठन गर्न माग

विमलाको शंकास्पद मृत्युबारे छानविन समिति गठन गर्न माग

  • मङ्लबार, असार २४, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, असार २४ ।
बौद्धस्थित समता अस्पतालकी सफाइ कर्मचारी विमला तामाङको शंकास्पद मृत्युबारे छानबिन समिति बनाएर अनुसन्धान गर्न परिवारका सदस्यले माग गरेका छन् ।

आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन परिवार र आफन्तले घटनाको यथार्थ पत्ता नलाग्ने र आफूहरुले न्याय नपाउने सम्भावना देखिएको भन्दै छानविन समिति गठनको माग गरेका हुन् । तामाङको शव झुण्डिएको अवस्थामा असार ३ गते अस्पतालकै एक कोठामा फेला परेको थियो ।

रामेछाप, दोरम्बा घर भएकी विमलाले आत्महत्या गरेको नभै हत्याभएको परिवारले जिकिर गर्दै आएको छ । तर प्रहरीको प्रारम्भिक रिपोर्टमा भने आत्महत्या नै उल्लेख गरिएको छ ।

घटनाको जाहेरी लिन एक साता लगाइएको, २ सातापछि मृतकको भीएसआर जाँच्न पठाइएको तर उक्त परीक्षण परिवारको उपस्थितिबिना गरिएको समितिको आरोप छ ।

राजनीतिक चलखेलका कारण घटनाको सत्यता लुकाएर परिवारलाई अन्याय गर्न खोजिएको संघर्ष समितिका अध्यक्ष सिंहदेव अध्यक्ष तामाङले बताउनुभयो । पीडित पक्षलेसमता अस्पतालको सञ्चालक समिति माथि पनि छानविन हुनुपर्ने माग गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ